無料イラスト【イラストAC】shadows-fukuoka-show

२०२२ अक्टोबर १०
फुकुओका,
जापानको फूकुओकामा क्रियाशील रुपमा विभीन्न कार्य गरीराखेको सारंगी फुकुओकाको आयोजनामा यहि मिति २०२२ अक्टोबर १० मा स्याडोज व्यान्डको प्रस्तुती भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।


सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज भन्ने एल्बमबाट उदाएको चर्चित व्यान्ड आफ्नो २५ औँ बार्षिक स्थापना कालको अवसरमा जापान भ्रमणमा आउन लागेको हो । दर्जनौ नेपाली आधुनिक एल्बमहरु बजारमा ल्याइ सकेको उक्त व्यान्ड नेपाली युवा वर्गमा आफ्नो पहिचान बनाउन सफल भएको व्यान्डको रुपमा चिनीन्छ ।


सेप्टेम्बरको अन्त्यमा जापान आइपुगेको व्यान्डले फुकुओका भन्दा पहिला अक्टोबर १ मा टोकीयो र अक्टोबर ६ मा ओसाकामा भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको थियो । फुकुओकाको कार्यक्रममा फुकुओका, किताक्युस्यु, कुमामोतो, नागासाकी, ओइता, यामागुची लगाएतका सहरबाट गरी करीब ४०० नेपालीहरुको सहभागीता रहेको आयोजकले बताएको छ । यस पटकको नेपाली संगीत प्रतिको क्रेज र कार्यक्रम आयोजना गर्दै गर्दा पाइएको सहयोगले आगामी दिनमा पनि कार्यक्रम आयोजना गर्ने हौसला प्राप्त भएको पनि आयोजकले बताएको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *