無料イラスト【イラストAC】

फुकुओका
जुन २३
फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ तारीकका दिन तेन्जीन सेन्ट्रल पार्कमा भव्यताका साथ सम्पन्न भएको थियो ।
नेपालको कला संस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथसाथै नेपाल, जापान र जापानमा रहेका अन्य देशका नागरीकहरुलाई नेपालसँग जोडनका लागी यस फेस्टिवलले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आइरहेको उक्त फेस्टिवलको आयव्यय २०२५ जुन २२ तारीकका दिन एक कार्यक्रमका बिच सार्वजनिक गरीएको थियो । साथै उक्त अवसरमा फेस्टिवललाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने विभीन्न व्यक्ति तथा संघसंस्थाहरुलाई कदर पत्र वितरण पनि गरीएको थियो ।
२ दिने फेस्टिवलमा नेपाली, जापानीज र अन्य देशका नागरीक गरी करीब १५,००० जनाले अवलोकन गरेको उक्त फेस्टिबलमा आयोजनामा स्पोन्सर, स्टलबाटको आम्दानी गरी ८८,३३,७५५ येन आम्दानी भएको र खर्चमा ८६,७९,७७९ येन खर्च भएको आर्थिक प्रतिवेदन १२ औं नेपाल फेस्टिवल फुकुओकाका कोषाध्यक्ष विशाल जिम्बाले प्रस्तुत गर्नुभएको थियो । यस फेस्टिबलबाट १,५३,९७६ येन फाइदा भएकोमा स्पोन्सर मार्फतको रकमबाट ९५,००० येन उठन बाँकि रहेकोले हाल फेस्टिबलको खातामा ५८,९७६ येन बाँकी रहेको प्रतिवेदनबाट जानकारी भएको थियो ।
फेस्टीबल २०११ सालमा बैसाखे मेलाको नामबाट सुरुवात भै हाल सम्म आउदा १२ औ संस्करण आइपुगेको र नेपाल र जापान जोडनमा महत्वपुण भुमीका खेलेको छ ।

तलको लिङ्क तथा क्युआर कोड रिड गरेर प्रदिवेदन हेर्न सक्नु हुनेछ ।

https://drive.google.com/file/d/1mAmRXiSoVXAM_YSa8KF_8TmOKE18i_Mn/view?usp=drivesdk

写真素材無料【写真AC】
, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *