फुकुओका
जनवरी २६
गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदै आइरहेको नेपाल फेस्टिवल फुकुओका २०२६ अप्रिल १८ र १९ तारीकका दिन तेन्जीन सेन्ट्रल पार्कमा आयोजना गर्नका लागी एनआरएनए क्युस्युका संयोजक कृष्णहरी पाठकको संयोजकत्वमा फेस्टिवल आयोजक समिति गठन भएको छ ।
नेपालको कला संस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथसाथै नेपाल, जापान र जापानमा रहेका अन्य देशका नागरीकहरुलाई नेपालसँग जोडनका लागी यस फेस्टिवलले महत्वपुर्ण भुमिका निर्वाह गर्दैै आइरहेको र अवको फेस्टिवलमा ती कुराहरुलाई अझै प्रभावकारी वनाउनका लागी तयारी गरेर भव्यताका साथ फेस्टिवल आयोजना गर्ने योजना रहेको फेस्टिवल संयोजक पाठकले बताउनु भयो ।
उक्त २ दिने फेस्टिवलमा नेपाली, जापानीज र अन्य देशका नागरीक गरी करीब १५,००० जनाले अवलोकन गर्ने अनुमान सहित आवश्यक तयारीका साथ अगाडी बढने योजना रहेको छ । साथै फेस्टिवलमा नेपालको पहिचानको रुपमा रहेका पर्यटकिय स्थलको विस्तृत जानकारी, नेपाली खानाका स्टलहरु र जापानिज निकायका विभीन्न जानकारी मुलक स्टलहरु पनि रहने कुरा फेस्टिवल सचिब सुर्य कुवरले जानकारी दिनुभयो ।
साथै फेस्टिवल भव्यताका साथ सम्पन्न गर्नका लागी अन्य विभिन्न उपसमितिहरु गठन गर्नका लागी २०२६ जनवरी १८ तारीक आइतबारका दिन वृहत बैठक आयोजना गर्ने योजना रहेको र स्थान तथा समयका लागी नेपाल फेस्टिवल फुकुओकाको आधिकारीक फेसबुक पेज हेरी उपस्थीतीका लागी आयोजक समितिले अनुरोध गरेको छ ।
फेस्टीबल २०११ सालमा बैसाखे मेलाको नामबाट सुरुवात भै हाल सम्म आउदा १२ औ संस्करण आइपुगेको र नेपाल र जापान जोडनमा महत्वपुण भुमीका खेलेको छ र आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अगाडी बढने विश्वास राखेको कुरा फेस्टीबल संस्थापक संयोजक फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *