फुकुओका

जुलाई १३

विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका विवेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
समाजसेवामा लामो समयदेखि सक्रिय बुढाथोकी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । पेसाका हिसाबले फुकुओकामा स्थापीत व्यवसायी बुढाथोकीले सामाजीक यात्रा २०१८ मा वाजिरो नेपाली सोसाइटीका संस्थापक अध्यक्ष, २०१९–२०२१ मा एनआरएनए क्युस्युका सह–सचिव, २०२१–२०२३ मा उप–संयोजक तथा हाल २०२३–२०२५ मा क्युस्यु संयोजकको भूमिकामा रहनु भएको थियो ।

त्यस्तै, ११ औं नेपाल फेस्टिवल फुकुओका २०२४ को संयोजक समेत रहनु भएका बुढाथोकीले जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा “घुम्ती सेवा फुकुओका २०२४”, फुकुओका अध्यागमन ब्यूरोसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम, नेपाल र जापानमा विभीन्न समस्यमा परेका नेपालीहरुको सहयोगका गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरी रहनु भएको छ ।
एनआरएनए जापानका “१२ ओटै क्षेत्रीय समितिहरुसँग समन्वय गर्दै संस्था र विधानको सम्मानसहित एकरूपता कायम गर्न चाहन्छु” उम्मेदवार बुढाथोकीले भन्नु भयो, “इमानदारीता, पारदर्शिता र सहकार्य मेरो अभियान हो”
“अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने नाराका साथ सचिव (खुल्ला) पदका लागि आफूलाई अत्याधिक बहुमतका साथ विजय गराई सेवा गर्ने अवसर दिन उहाँले अपिल गर्नुभयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *