m0na-kyushu

फुकुओका

२०२२ नोभेम्बर २

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो ।

म्याग्दी जिल्लामा स्थायी बसोबास भै हाल विभिन्न पेसा व्यवसायले विश्वका विभिन्न देशमा रहनु भएका म्याग्देलीहरुलाई एकजुट बनाई जिल्लाको सुखदुःखमा साथ दिने उद्देश्यले स्थापना गरिएको यस संस्था विश्वका विभिन्न देशमा गठन भयको र जिल्ला लगायत देशमा परेको समस्याहरूमा परदेशबाट नै हातेमालो गर्दै अगाडी बढिरहेको छ । जापानमा पनि केन्द्रीय कार्यसमिति भन्दा बाहिर विभिन्न सहरमा क्षेत्रिय कार्यसमितिहरु गठन भई सामाजिक कार्यमा लागिरहेको छ ।

“प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना” भन्ने मूल नारा सहित २०२० मा गठन भयको क्षेत्रिय समिति क्युस्यु पहिलो कार्यकाल सम्पन्न गर्ने संघारमा छ । हाल सम्म गरिरहेको कार्यहरूलाई निरन्तरता दिदै अन्तराष्ट्रिय कार्यसमितिको उदेश्य र मर्मलाई मनन गर्दै आगामी दिनमा विभिन्न कार्यहरू गर्दै जाने योजना रहेको संयोजक बानियाँले बताउनु भयो ।

Latest Posts from FN News

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ