無料イラスト【イラストAC】blood-donation-program

२०२२ अक्टोबर ३

जापान, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा फूलपातीको दिन पारी फुकुओकामा अक्टोबर २ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी मोना क्युस्युका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो ।

देशमा होस या परदेशमा सुखमा होस या दुखमा जहाँ पनि समाजसेवामा अग्रसर रहेको मोना क्युस्युले गरेको उक्त कार्यक्रममा क्युस्युमा अग्रसर रूपमा समाजसेवामा लाग्नु भयका विभिन्न अग्रज ब्यतित्व तथा मोना क्युस्युलाई माया गर्ने २० जनाले सहभागिता जनाई रक्तदान गर्नु भयको जानकारी कार्यक्रम संयोजक तथा मोना क्युस्युका उप संयोजक दिपक विकले जानकारी दिनु भयो । साथै आगामी वर्ष पनि प्रत्येक विजया दशमीको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने कुरा कार्यक्रम संयोजक विकले बताउनु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *