無料イラスト【イラストAC】

फुकुओका

सेप्टेम्बर ७

फुकुओका विदेशी विध्यार्थी संगठन (फोसा) ले प्रत्येक वर्ष गर्दै आइरहेको कल्चर सो २०२३ का लागी विभीन्न देशका सहभागीहरुका लागी आवेदन खुल्ला गरेको छ । प्रत्येक वर्ष विभीन्न देशका सहभागीहरुले आफ्नो देशको कला संस्कृति झल्काउने खालको प्रस्तुती गर्दै आइरहेका छन । यस वर्षको कल्चर सो यही अक्टोबर २१ तारीक सनिबारका दीन गर्न लागीएको छ । उक्त कल्चर सोमा सहभागीता जनाउन चाहाने व्यक्तिहरुले सेप्टेम्बर १६ तारीक भित्रमा गुगल फर्म मार्फत आफ्नो सहभागीता दर्ता गराउनु पर्ने फोसाको आधिकारीक फेसबुक पेजमा सुचना प्रकाशन गरीएको छ ।

साथै उक्त कल्चर सोमा सहभागीता जनाउने सम्पुर्णका लागी गित गाउने, डान्स गर्ने, कथा कविता भन्ने जस्ता एकल प्रस्तुतीका लागी ३,००० येन, २ जनाको समुह भएमा ५,००० येन, ३–५ जना भएमा ८,००० येन र ५ जना भन्दा माथि भएमा १०,००० येन गाडी भाडा वापत दिइने पनि बताइएको छ । साथै कला संस्कृती झल्काउने विभीन्न सोमा सहभागी हुन चाहानेहरुका लागी प्रति व्यत्ति २,००० येन प्रदान गरीने छ साथै सहभागीहरुका लागी विभीन्न विधामा पुरस्कारको पनि व्यवस्था गरीएको छ । फुकुओका विदेशी विध्यार्थी संगठनले विभीन्न देशका सहभागीहरुलाई एक गराउने उद्देश्यले यो कार्यक्रम भन्दा अन्य कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । नेपालीहरु पनि विभीन्न अवसरमा सहभागीता जनाइराखेको र विदेशी साथीहरु बढाउन चाहानेहरु सहभागीता जनाउन सकिने जनाकारी पनि आइरहेको छ ।

सहभागीताकाे लागी https://forms.gle/5Crtz5TvpQpHvRrf6 

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *