無料イラスト【イラストAC】shree-ganesh-khukuri-fc

फेब्रुअरी ५

फुकुओका

फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ५औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा आयोजित फुकुओका फुटसल च्याम्पीयनसीप मिति २०२३ फेब्रुअरी ४ तारीकका दिन भब्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियगितामा श्री गणेश खुकुरी एफ सी र ओहासी एफ सी बीच भएको फाइनल खेलमा ४ का विरुद्ध ५ गोल गर्दै श्री गणेश एफ सी प्रथम भएको छ । प्रथम र द्वितीय हुने टिमले क्रमश: २३४,५६७ येन र १२३,४५६ येन साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

उक्त प्रतियगितामा जापानमै पहिलो पटक सेमी फाइनलमा प्रवेश गरेका इभि एफ सी र सुपर इट एफ सी लाई पनि सम्मान स्वरूप ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियगिताको उत्कृष्ट गोल किपर इभी एफ सी का राजु तामाङ्ग, सर्वाधिक गोल कर्ता ओहाशी एफ सी का अशोक नेपाली र उत्कृष्ट खेलाडी श्री गणेश खुकुरी एफ सी का इमान लामा भएको कुरा आयोजक क्लबमा म्यानेजर रोविन थापाले जानकारी दिनु भयो । साथै प्रतियोगिताबाट भएको फाइदाको केही प्रतिशत रकम समाजसेवामा प्रयोग गर्ने योजना रहेको पनि म्यानेजर थापाले बतउनुभयो।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *