फुकुओका
नोभेम्बर २९
नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २४, २०२४ (मंगलवार) क्रिसमय इभको दिनमा आयोजना हुने भएको छ। कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको युनाइटेड ल्याबमा हुनेछ ।
यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका दर्शकहरुलाई नेपाली संगीत र संस्कृति सँग जोड्नु, आपसी समझदारी र सांस्कृतिक आदानप्रदानको मञ्च सिर्जना गर्नु हो।
फुकुओकाका लागी सगरमाथा इभेन्ट फुकुओकाले कन्सर्टको तयारी र व्यवस्थापन तीव्र गतिमा अगाडि बढाईराखेको छ । सगरमाथा इभेन्टले स्थापना कालबाट नै विभीन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिने योजना रहेको सगरमाथा इभेन्टका प्रतिनिधीले बताउनु भयो ।
पूर्ण राई एण्ड दाजुभाइहरु’ समूहले चर्चित गीतहरु जस्तै “मनको कुरा”, “कालो सेतो”, “स्पर्श”, “धुर्वतारा”, “तिम्रो माया ९९ भए मेरो माया १००”, “नभेटेको भए ठिकै हुन्थ्यो” लगायतका लोकप्रिय गीतहरु प्रस्तुत गर्ने छन्।
कन्सर्टको माध्यमबाट नेपाली संगीत र संस्कृतिको झलक जापानका दर्शकहरुलाई प्रस्तुत गर्न र आपसी सांस्कृतिक आदानप्रदानको सुदृढ मञ्च तयार गर्न महत्त्वपूर्ण अवसर हुने अपेक्षासमेत राखिएको छ।
‘पूर्ण राई एण्ड दाजुभाइहरु’ जापान टुर – २०२४ अन्तर्गत नागोयामा डिसेम्बर १६, २०२४, ओसाका डिसेम्बर १८, २०२४, टोकियोमा डिसेम्बर २२, २०२४ मा भब्य र सभ्य रुपमा कन्सर्ट आयोजना हुने छ । सबै शहरहरुमा आयोजक संस्था र व्यवस्थापन टोलीहरुको तयारी अगाडी बढिराखेको छ् ।
यस समूहले नेपाल र भारतका ५० भन्दा बढी स्थानमा आफ्नो सोलो कन्सर्ट प्रस्तुत गरिसकेको छ र अब जापानमा पनि नेपाली संगीतको शानदार यात्रा जारी राख्ने तयारीमा छ ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *