無料イラスト【イラストAC】5th-ohashi-cup

फुकुओका
२०२२ सेप्टेम्बर २४

पाँचौ ओहासी कप मिति २०२२ अक्टोबर २२ सनिबारमा हुने भयको छ । विगतका ६ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यस पाली नेपालीहरुको महान पर्व विजया दशमी तथा सुभदिपावलीको पावन अवसरमा हुन लागेको कार्यक्रमका म्यानेजर सन्देस केसीले जानकारी दिनुभयो । विगतका वर्षमा भव्य र सभ्य रूपमा सम्पन्न गरेको फुटसल प्रतीयोगीतामा यस वर्ष जापानको विभिन्न ठाउँका गरी करिब २४ टिमले सहभगिता जनाउने अपेक्षा गरिएको र टीम दर्ता शुल्क ३५,००० येन रहेको जानकारी कार्यक्रम केसीले दिनुभयो । यस वर्ष पुरुस्कार राशि प्रथम ३,००,०००येन र खसी र दिप्तिय १,५०,००० येन सहित ट्रफि, मेडल र प्रमाण पत्र साथै विभिन्न विधामा पनि पुरुस्कार रहेको जानकारी केसीले दिनु भयो । साथै यस वर्ष टिम म्यानेजरको पनि व्यवस्था गरीएको जानकारी आयोजक कल्बले जनाएको छ यस विधाको पुरुस्कारले कार्यक्रममा हुने होहल्ला, झैझगडा जन्य गतिविधीहरु कम गर्न सहयोग पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ ।

यस प्रतियोगीता सँगसँगै यस वर्ष भाग्यसालि चिठा पनि उक्त दिन खोल्न लागेको जानकारी म्यानेजर केसीले बताउनु भयो । भाग्यसाली चिठाको मुल्य ५०० येन रहेको र प्रथम पुरुस्कार खसी रहेको छ । भाग्यसाली चिठा प्रतियोगीताको पुरुस्कार वितरण समारोहमा गोलाप्रथाबाट गरीने र उक्त गोलाप्रथा विजेता टिमको टिम म्यानेजरबाट गराउने योजना रहेको पनि बताउनु भयो ।
(नोट :– खसी जापानको नियम अनुसार काट्न पाउने ठाँउमा काटी ल्याएको सिङ्गै हुनेछ ।)

ohashi-group-dashain-cup
  • 27Days
  • 23Hours
  • 57Minutes
  • 50Seconds
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *