無料イラスト【イラストAC】vten-fukuoka

२०२२ सेप्टेम्वर ७

फुकुओका/जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढे सँगै नेपाली कला संस्कृतलाई आत्मसात गर्दै नेपालको कला संस्कृतिलाई जापानिज समुदायमा चिनाउने उदेश्यले जापानको विभिन्न सहरमा नेपाल फेस्टिवल भए सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । त्यस्तै हालसालै मात्र नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज कार्यक्रमको लागि नेपालबाट बिशिष्ट कलाकारहरुको उपस्थितिमा तीज बिशेष कार्यक्रम सम्पन्न भएका छन् । तीज पश्चातको अर्को नेपालीहरुको महान चाड बड़ादशैलाई मध्यनजर गर्दै फुकुओकामा प्लान डू सी इन्टरटेन्मेन्टले संगितिक कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित र्यापर भिटेन र डीजे नानीको आगमन हुने भएको छ । फुकुओका लगायत जापानको बिभिन्न शहरमा हुने विभिन्न कार्यक्रममा कलाकारहरु सहभागि हुने योजना रहेको आयोजक कमिटीका सदस्य विनोद सुनारले जानकारी गराउनु भयो ।उक्त दशै बिशेष सांस्कृतिक कार्यक्रम सेप्टेम्बर महीनाको २५ तारिक फुकुओका शहरको तेन्जिनमा रहेको ग्रेण्ड मिराज लाईभ हाउसमा हुने भएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने दर्शकको लागि टिकट २५०० येन रहेको र कार्यक्रम बेलुका ६ बजे बाट ९ बजेसम्म चल्ने जानकारी दिनु भयो । साथै कोरोना भाइरस अझै पनि पूर्ण रूपमा निर्मुल न भइसकेकोले कोरोनबाट बच्न पालना गर्नु पर्ने कुराहरु सम्पूर्ण गरी सचेत नागरिकको परिचय दिनुहुन आयोजकले समिति हार्दिक अनुरोध गरेको छ ।

VENUE: GRAND MIRAJ LIVE HOUSE EVOL

Address: Fukuoka City Chuo-ku, Imaizumi 1-17-16 Minami Tou 3F/4F

djnani-vten
  • 16Days
  • 23Hours
  • 57Minutes
  • 33Seconds
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *