無料イラスト【イラストAC】typhoon-11

चारै तिर समुन्द्रको घेरेको देश जापानमा ताइफू आउने कुरा नौलो होइन, प्रत्येक वर्ष अनगिन्ती मात्रामा आउने ताइफुको असर हरेक क्षेत्रमा पर्ने गरेको पाइन्छ । त्यसरीनै यस वर्षको ताइफु ११ मिति २०२२ सेप्टेम्बर ५ तरिकाबाट ६ तारिक सम्म फुकुओकाको छेउबाट जाने र फुकुओकाको जनजीवनमा असर पार्ने सम्भावना बढे सँगै फुकुओका सिटीले तलका सूचना जारी गरेको छ।

१. फुकुओकामा रहेका २३० भन्दा बढी विद्यालयहरू बन्द गर्ने ।

२. विद्यालयको समय पश्चात बच्चाहरु जम्मा हुने ठाउँहरू पनि बन्द गर्ने ।

३. ताइफुबाट बच्न अपनाउनु पर्ने सुरक्षाका उपायहरू अपनाउन अनुरोध पनि गरेको छ ।

साथै ताइफुले गर्दा बस, ट्रेन पनि बन्द हुन सक्ने भनेर कहीं कतै जानु भन्दा पहिला होम पेजबाट अवस्था बुझेर मात्र बाहिर निस्किनका लागि अनुरोध गरेको छ ।

बिस्तृत जानकारिको लागि सम्बन्धित होमपेजमा गई हेर्न सक्नुहुनेछ।

निशितेचु ट्रेन, निशितेचु बस

JR क्युस्यु   

फुकुओका सबवे

विशेष गरी यस वर्ष जापानमा प्रवेश गरी ताइफूको अनुभव पहिलो हो भने अझै बढी कुराहरूमा ध्यान दिनु पर्ने हुनाले सके सम्म अनावस्यक रूपमा घरबाट बाहिर ननिस्कनु हुन हार्दिक अनुरोध गर्दछौ ।

विदेशीहरूको लागि विपद् न्यूनीकरणका प्वाइन्टहरू

disaster-guidelines
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *