無料イラスト【イラストAC】Arjun dai

जुलाई २२

फुकुओका

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२३–२५ कार्यकालको अधिवेशन नजिकीदै गर्दा जापानको विभीन्न क्षेत्रबाट उम्मेदवारी घोषणा तिब्र रुपमा अगाडी बढेसँगै सचिव पदमा एनआरएनए क्युस्युका निवर्तमान संयोजक अर्जुन थापा बगालेले उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आइरहनु भएका थापा जापानमा बसोबासको क्रममा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहनु भएको छ । २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिब, २०१६ र २०१७ को नेपाल फेस्टीबलमा स्टल व्यवस्थापनको जिम्मेवारी, २०१८ मा नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९(२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१(२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गर्दै आइरहनु भएको छ ।

यस सामाजिक जिम्मेवारी निर्वाह गर्दै गर्दा धेरै नै महत्वपूर्ण कार्यहरु गर्नुभएका थापाले आगामी दिनमा अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा सहित एनआरएनए जापानको २०२३–२५कार्यकालका लागी सचिब पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो । एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने कार्यमा आफु सदैव प्रतिवद्ध रहेको कुरा बताउनु भयो । साथै जापाानबासी नेपालीहरुमा सहयोगका लागी अपिल पनि गर्नुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *