जापान
सेप्टेम्बर ३
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय आठौ अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष बिसाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जापानमा अवस्थीत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
उक्त अधिवेसनबाट बरीष्ठ उपाध्यक्षमा गणेश श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन, महासचिबमा सागर कार्की, सचिबमा रेखा के सी, क्षेत्रिय सचिबमा उज्ज्वल बानियाँ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सह कोषाध्यक्षमा सुरेस पुन, प्रवत्तामा कमल बानियाँ, महिला संयोजकमा कविता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल र सदस्यहरुमा क्रमशः गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीर बहादुर गर्वुजा, दिपक सुवेदी, अस्वीन भण्डारी, प्रदिप घर्ति मगर, जिवन थापा मगर, मनोज बानियाँ र सुवास खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।
मोना जापान म्याग्दी तथा जापानमा विभीन्न कार्यक्रमहरु गरेर सामाजीक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रुपमा परीचित संस्था हो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *