फुकुओका
जुन १६
जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ ५ तारीक शनिबार दिनको १३:३० बजेबाट फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको हलमा गर्ने तय भएको जानकारी फुनेसोका अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो ।
यस कार्यकालमा विभिन्न चुनौतिहरुका बिचमा पनि विभीन्न कार्यक्रमहरु जस्तैः 12 औं नेपाल फेस्टिबल फुकुओकाको संयोजकत्व, स्युस्योकु सेमिनार, देउसी भैलो, हाकाता दोन्ताकुमा परेड सहित सहभागी, तिज विशेष कार्यक्रम तथा अन्य विभीन्न कार्यक्रमहरु गर्न सफल भएको संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।
अधिवेसनमा सहभागीताका लागी सम्पुर्ण सरोकारवाला निकायहरुलाई उपस्थितीका लागी संस्थाका अध्यक्ष घलेले अनुरोध गर्नुभयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *