जुन ४
फुकुओका
नेपालका प्रत्येक मेला महोत्सबमा कस्लाइ बोलाउने भन्दा आयोजक र दर्शकबाट सबै भन्दा पहिला निस्कने नामहरु मध्येका चर्चित गायक दुर्गेश थापा कार्यक्रमका लागी जापान आउने भएका छन । २०२५ जुन २० तारीकका दिन फुकुओकाको ग्रान्ड मिराज इभोल क्लबको हलमा फुकुओका इभेन्ट अर्गनाइजरको आयोजनामा कार्यक्रम हुन गै रहेको आयोजक टिमले जानकारी दिनुभयो ।
फुुकुओकाको कार्यक्रमका लागी आयोजकले साधारण टिकट ४,००० येन, डोर सेल ५,००० येन र भिआइपी टिकटलाई १०,००० येन गरी टिकट दर तोकेको छ । जसमा डोर सेल र भिआइपी टिकट लिँदा १ वटा पेय पदार्थ पनि उपलब्ध हुने जानकारी आयोजकले गराएको छ । टिकटका लागी फुकुओका इभेन्ट अर्गनाइजरको आधीकारीक फेसबुक, इन्स्टाग्राम तथा आधिकारीक व्यत्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।
जापानमा कार्यक्रमका लागी पहिलो पटक आउन लागेका थापाले फुकुओका लगायत जापानका अन्य सहरहरुमा प्रस्तुति दिने योजना रहेको छ ।
