無料イラスト【イラストAC】lok-dohori

हाम्रो अभियान लोक संस्कृतिको सम्रक्षण स्रस्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन भन्ने भाब सहित आत्मसात गर्दै साथ २०१७ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको तेस्रो अधिवेशन यहि सेप्टेम्बर २५ तारिख आइतबारका दिन टोकियोको सोल्मारी मुरा हलमा हुने भएको छ ।

आफ्नो मौलिक लोक गित संगितको संरक्षण र संवर्धनको लागि महत्त्वपूर्ण कामहरू गर्दै आईरहेको प्रतिष्ठान जापान शाखाले, तिन बर्षका बिचमा विभिन्न सास्कृतिक कार्यक्रम, कोरोनाको राहत, आपत बिपतमा परेकाहरूलाई पनि आर्थिक र नैतिक सहयोगहरू गरिरहेको छ ।

कार्यकालमा कोरोना महामारीले गर्दा चाहे अनुसारको काम गर्न नसकेता पनि उल्लेख्य रचनात्मक र सहयोगका कामहरू गरेर जापान शाखालाई अझ उच्चस्थानमा राखिरहनका लागि आफू लगाएत आफ्नो सम्पूर्ण कार्यसमिति लागि रहेको अध्यक्ष सुर्य खड्काले बताउनु भयो ।


तेस्रो अधिवेशनको तयारी तिब्र भैरहेकोको जानकारी दिनु हुँदै सस्थाका सचिब माधब सिग्देलले अधिबेशन भब्य र सव्य बनाउन जापानका विभिन्न संघ सस्था, लोक संकृतिलाई माया गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरूलाई कार्यक्रममा उपस्थीतिका लागि समेत अनुरोध गर्नुभएको छ ।

  • 15Days
  • 23Hours
  • 58Minutes
  • 15Seconds
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *