無料イラスト【イラストAC】fukuoka-futsal


फुकुओका
डिसेम्बर १७


फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ५औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी ४ तारीकका दिन गर्न लागीएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम संयोजक रोजिन थापा मगरले जानकारी दिनुभयो ।


फुकुओकामा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्ने मुख्य उद्देश्य सहित गर्न लागीएको उक्त प्रतियोगीतामा पुरस्कारहरु प्रथम, दिप्तीय क्रमशः २,३४,५६७ येन र १,२३,४५६ येनका साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । साथै फुकुओकामै पहिलो पटक सेमिफाइनलमा पुगेर बाहिरीने टीमका लागी पनि सम्मान स्वरुप ट्रफी र प्रमाणपत्र दिने व्यवस्था गरीएको छ । त्यसका साथै विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरीएको छ । उक्त प्रतियोेगीतामा २४ टिम हुने अनुमान आयोजकले गरेको छ भने टिम शुल्क ३२,१०० येन रहेको छ ।


केआइइसी इगल्स फुटबल क्लबले अन्य समयमा पनि विभीन्न सामाजीक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि कार्यक्रमहरुमा अग्रसर रहने योजना रहेको संयोजक थापाले बताउनु भयो ।

fukuoka-futsal-championship
写真素材無料【写真AC】
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *