फुकुओका
मार्च ७
नेपाल र नेपालीहरुको सानको रुपमा विगतका वर्षमा झै यस वर्ष पनि फुकुओका नेपाल सोसाइटी, एनआरएनए क्युस्यु, आदिवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगाएत क्युस्युमा अवस्थीत अन्य संघ संस्था र जापानिज निकायहरुको सहकार्यमा २०२५ अप्रिल १२ र १३ तारीकका दिन तेन्जिन सेन्ट्रल पार्कमा गर्न लागीएको १२ औं नेपाल फेस्टिवल फुकुओकामा ३० वटा स्टलहरु रहने भएको छ ।
२०२५ फेब्रुअरी १२ तारीकबाट मार्च २ तारीक सम्म गरीएको स्टल बुकिङ्गमा रेस्टुरेन्ट तर्फ १२ वटा स्टल, व्यवसायीक तर्फ १३ वटा स्टल र अन्य सेवा मुलक स्टलमा ५ वटा स्टलको आवेदन परेको थियो । उक्त स्टलहरुको ठाँउ फिक्स गर्नका लागी २०२५ मार्च ६ तारीकका दिन एक कार्यक्रमका बिच गोलापोलाबाट गरीएको जानकारी स्टल संयोजक तथा फेस्टिवल उपसंयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो ।
स्टलको गोलापोला सँगसंगै विभीन्न नियमहरुको बारेमा पनि जानकारी गराइएको थियो । पहिला फेस्टिवल गर्ने बेला निम्तीएका विभीन्न समस्याहरुलाई घटाउने उद्धेश्यले आयोजक समितिले यस वर्ष रेस्टुरेन्टबाट माधक पदार्थको विक्री वितरण दिनको ४ बजेबाट बन्द गर्ने गरी तयारी अगाडी बडाइरहेको छ ।
यस वर्ष निम्म स्टलहरु रहने छन ।
रेस्टुरेन्ट तर्फ
१. मनकामना रेस्टुरेन्ट, २. नाङ्गलो घर फुकुओका, ३. मिनि नेपाल रेस्टुरेन्ट एण्ड बार, ४. दाजु भाई किचन, ५. श्री गणेश रेस्टुरेन्ट, ६. अन्नपुर्ण रेस्टुरेन्ट, ७. सासा पासा रेस्टुरेन्ट, ८. कुमार च्यान रेस्टुरेन्ट, ९. मामा करी, १०. जात्रा रेस्टुरेन्ट, ११. टेनपोइन्ट किचन, १२. टेनपोइन्ट किचन

व्यवसायीक स्टल
१. आइवा गाकुइन, २. क्योउदाइ रेमिटयान्स, ३. क्योउदाइ रेमिटयान्स, ४. ओइसीस कम्पनी लिमिटेड, ५. सिटी एक्सपे्रस रेमिटयान्स, ६. कोकुसाइ होल्डीङ्ग, ७. क्युएस रेमिटयान्स, ८. एसबिआइ रेमिटयान्स, ९. जापान रेमिट फाइनान्स, १०. स्माइल रेमिट, ११. स्माइल रेमिट, १२. फुकुओका अध्यागमन विभाग, १३. फुकुओका अन्तराष्ट्रिय विनिमय केन्द्र

अन्य सेवामुलक स्टलहरु
१. ८८४८ हाउस, २. तेमिया, ३. सिना कलेक्सन, ४. डेस्टिना गो ट्राभल, ५. फेस पेन्ट तथा अन्य
साथै यस वर्ष फेस्टिवललाई भव्य र सभ्य रुपमा सफल पार्नका लागी कुनै पनि कुरामा कन्जुसाइ नगरीने जानकारी फेस्टिवल संयोजक इन्द्र प्रसाद घलेले जानकारी दिनुभयो ।

, , , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *