२०२५ सेप्टेम्बर २२
फुकुओका,
सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ गठन भयको संस्थाले विश्वका विभिन्न देश लगायत जापानको विभिन्न सहरमा क्षेत्रिय समिति गठन गरी कार्यहरू अगाडि बढाई रहेको छ ।
हामी आफ्नो ठाउँमा केहि गर्न चाहन्छौं त्यसैले परदेशमा भयका हामी दाजुभाइहरू जम्मा भई देश तथा विदेशमा कहीं कतै कोही पनि समस्यामा नपरोस् भन्ने भावना सहित परदेशको ठाउँमा पनि आफ्नो अमूल्य समय निकाली समाज सेवामा अगाडि बढिरहेको क्युस्यु क्षेत्रिय समितिका संयोजक अवस्थीले जानकारी दिनु भयो ।
कार्यक्रम हुने स्थान :– फुकुओकाको हाकाता सीमिन सेन्टर
मिति :– २०२५ अक्टोबर ५ आइतबार
समय दिनको :– १४:०० बाट १९:०० बजे सम्म
