अप्रिल १०
जापान
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।
जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको पर्यटन प्रर्वधन, सास्कृतिक भेषभुषाको प्रचार प्रसार र म्याग्दीमा उत्पादीत विभीन्न अर्गानिक वस्तुहरुको व्यापार व्यवसायमा टेवा पुराउनुका साथै प्रचार प्रसारको कमीमा पछाडी परेका विभीन्न पर्यटकिय गन्तव्यहरुलाई जापानीज समुदायमा चिनाउने मुख्य उद्देश्य सहित फेस्टीबल आयोजना गर्न लागीएको संयोजक ज्ञानेन्द्र कार्किले बताउनु भयो ।
उक्त फेस्टीबलको तयारी सम्पुर्ण अन्तीम चरणमा रहेको र सबैमा सहभागीताको लागी अनुरोध गर्दै हाल सम्मको जानकारी दिने उद्धेश्यले मिति २०२४ अप्रिल २१ गते आइतबारका दिन टोकियोको माया रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
फेस्टीबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति सहित जापानी समुदाय र नेपाली समुदायका विच संस्कृति आदान प्रदानका कार्यक्रमहरु पनि गरीने कुरा मोना जापानका सल्लाहकार तथा फेस्टीबलका सांस्कृतिक उपसमिति संयोजक तिलक मल्लले बताउनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *