फुकुओका
जुलाई २१
बाग्लुङ्ग समाज जापान क्षेत्रिय कार्यसमिति क्युस्युको प्रथम अधिवेशनबाट मदन शर्मा पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा सावित्री रिजाल, झपेन्द्र प्रसाद सापकोटा, सचिबमा भरत बि क, सह सचिबमा मिलन सापाङ्गी, कोषाध्यक्षमा मनोज पौडेल, सह कोषाध्यक्षमा प्रेम सापकोटा (सोनु), सदस्यमा कमल सापकोटा, लिला श्रीस, अमृत गौतम, सलिना बोहरा निर्वीरोध चयन हुनुभएको छ ।


उक्त कार्यक्रम फुकुओकाको एभरेस्ट रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा बाग्लुङ्ग समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटा, एनआरएनए जापान निवर्तमान उपाध्यक्ष सिदार्थ श्रेष्ठ, बाग्लुङ्ग समाज जापानका संरक्षकहरु रामकृष्ण बम मल्ल, सुर्य खडका, टंक गैरे लगायत क्युस्युमा रहेका विभीन्न संघ संस्थाहरुका प्रतिनीधिहरुको सहभागीतामा सम्पन्न भएको थियो ।
उक्त अधिवेसनको निर्वाचन समितिमा संयोजक अशोक शर्मा गोपाल, सदस्यमा दिपक कंडेल सफल र सदस्यमा गणेस केसी गरी ३ सदस्यीय समिति रहनु भएको थियो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *