जापान
नोभेम्बर ७
फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ ७ बजेबाट ९ बजेसम्म जापानको फुकुओकामा रहेको एभरेष्ट करी फोलेओ हाकातामा र साँझको ९ः३० बजेबाट अन्त्य सम्म नाङ्गलो घर फुकुओकामा गर्न लागीएकोले सम्पुर्णमा सहभागीताका लागी संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले अनुरोध गर्नुभयो ।
विगतका वर्षमा विभीन्न उद्देश्यले कार्यक्रम संचालन गरीएता पनि यस वर्र्ष भने जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पका प्रभावित क्षेत्रमा सहयोग गरी दुखिहरुको घाउमा मलम लगाउने योजना रहेको कुरा सचिब बानियाँले बताउनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *