२०२४ जुलाई २१
फुकुओका
१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको पावन अवसरमा २०२४ जुलाई २० तारीकका दिन दोस्रो साधारण सभा सम्पन्न भएको छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म १ वर्षे कार्यकाल भएका कारणले वार्षिक रुपमा अधिवेशन गरीआएकाले गर्दा आज भन्दा पहिला साधारण सभा हुने गरेको थिएन तर २६ औं कार्यकालबाट २ वर्षको कार्यकालको सुरुवात भएकाले यस कार्यकालमा पनि साधारण सभा गरीएको जानकारी संस्थाका सचिब उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।
साधारण सभा संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेको अध्यक्षता, पुर्व अध्यक्ष हाल अस्टेलिया निवासी जगन्नाथ जोशी (२००१–२००२) ज्यूको प्रमुख आतिथ्यता, विभीन्न कालखण्डका पुर्व अध्यक्षज्यूहरु, फुकुओकामा अवस्थीत विभीन्न संघसंस्थाहरुका प्रतिनीधिहरुको उपस्थीतिमा भव्यताका साथ सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सचिब उज्ज्वल बानियाँले १ वर्षको प्रगति प्रतिवेदन तथा आगामी योजनाहरुको जानकारी गराउनु भएको थियो । साथै कोषाध्यक्ष भुवन कृष्ण घिमीरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साथै फुकुओका नेपाल सोसाइटीले स्थापना काल देखि हाल सम्म फुकुओका सहरमा बस्ने नेपालीहरुलाई एकताबद्द गर्दै नेपालको महत्वपूर्ण चाडबाडहरुमा भेटघाट तथा सास्कृतिक कार्यक्रम हरु गर्दै आइरहको छ । नेपाली कला संस्कृतीलाई जापानिज समुदाय माझ चिनाउन नेपाली संघ संस्थाहरु संग हातेमालो गर्दै नेपाल फेस्टिवलको संचालन लगायतका जापानिज समुदायले आयोजना गर्ने कार्यक्रम कार्यक्रमहरुमा सहभागी हुदै आइरहेको पनि संस्थाका अध्यक्ष इन्द्र प्रसाद घलेले बताउनु भयो । साथै आगामी दिनमा पनि नेपाल र नेपाली संस्कृति जोगाउन र फुकुओका सहरमा रहनु भएका नेपालीहरुलाई एकतावद्ध गरी अगाडी बढन विभीन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको पनि बताउनु भयो ।
साथै प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन तलको QR Code Scan गरेर हेन सक्नु हुनेछ ।