अक्टोबर २०
फुकुओका
फुकुओकामा रिया क्योदाई रेमिटयान्स प्रिजेन्ट प्रथम राइजिङ्ग फाल्कोन कप २०२५ मिति २०२५ अक्टोबर १८ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा क्युस्युमा अवस्थीत २० वटा फुटसल टिमको सहभागीता रहेको थियो ।
प्रथम पटक प्रतियोगीता आयोजना गरेको क्लबले सुरुवातीसँगै उपाधी पनि हात पारेको छ । प्रतियोगीताको प्रथप पुरस्कार आयोजक र दिप्तीय पुरुस्कार स्पेस एक्स फुटसल टिमले हात पारेका थिए । प्रथम र दिप्तीय हुने टिमहरुले क्रमश २,२२,२२२ येन र १,११,१११ येन नगद सँगसँगै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
बिधागत पुरस्कारमा बेस्ट किपर राइजिङ्ग फाल्कोनका सज्जन बराइली, हाइ स्कोरर राइजिङ्ग फाल्कोनकै बिसाल सुनार र बेस्ट प्लेयर स्पेस एक्सका पुर्ण बहादुर गुरुङ्ग भएका थिए ।
पहिलो पटक प्रतियोगीता आयोजना गरी प्रथम हुन सफल भएकोले आगामी दिनमा प्रतियोगीता आयोजना तथा फुटसललाई निरन्तरता दिन उर्जा मिलेको टिम म्यानेजर राकेश लामाले जानकारी दिनु भयो ।

