無料イラスト【イラストAC】

फुकुओका
फेब्रुअरी ६
गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय समिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा स्वास्थ्यका लागी खेलकुद स्वस्थ्य जिवन सुखी जिवन भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटको प्रमुख प्रायोजनमा प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्यु सचिब केशब कुमार लामिछानेले दिनुभयो ।
प्रतियोगीता २०२५ मार्च ९ तारीक आइतबार खासुगामा रहेको कवर्ड हलमा सम्पन्न गर्नका लागी तिव्र तयारी गरी राखेको जानकारी दिनुभयो ।
प्रतियोगीतामा जापान बासी नेपालीहरु माझ खुल्ला पुरुष भलिबल गरीने छ । उक्त प्रतियोगीताको प्रथम र दिप्तीय हुने टिमले क्रमशः ३ लाख येन र १ लाख ५० हजार येन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । साथै प्रतियोगीतामा विभीन्न विधागत पुरुस्कारको व्यवस्था पनि गरीएको छ । प्रतियोगीताको दर्ता शुल्क ३५,००० येन तोकिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०२५ फेब्रुअरी २८ तारीक शुक्रबार साँझ ५ बजेसम्म रहेको छ । सहभागी हुन चाहाने टिमले तोकिएको समय भित्रमा एनआरएनए क्युस्युको आधिकारीक फेसबुक पेज तथा सम्पर्क व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला ।
एनआरएनए क्युस्यु आफ्नो स्थापना काल देखी नै देशमा होस या परदेशमा परी आएका समस्यामा अग्रसर रहि आएको छ र आगामी दिनमा पनि सामाजीक कार्यहरुलाई निरन्तरता दिने योजना रहेको संस्थाका संयोजक भिम बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *