फुकुओका
मे ५
मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा।लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट सुरु भै जापानको विभिन्न सहरमा प्रदर्शन भै सकेको छ । उक्त क्रममा फुकुओकामा मे १४ तारीक आइतबारका दिन हाकाता सिमीन सेन्टरमा बेलुकाको ६ः३० बाट प्रदर्शन हुन लागेको फुकुओकाका लागी प्रदर्शन जिम्मा लिएको एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युका संयोजक अर्जुन बगालेले बताउनु भयो ।
जातीय छुवाछुतविरुद्धको सन्देश दिने फिल्ममा रमेश बुढाथोकीको मुख्य भूमिका रहेकोछ । रमेश कोइरालाले निर्देशन गरेको फिल्म अनन्तसँग महेश तिमल्सिना, रोजा तिमल्सिना र रमेश दाहालले निर्माणमा सहकार्य गरेका छन् ।
फिल्ममा रमेश बुढाथोकीको अलवा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *