टोकियो

जुलाई २७

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको निर्वाचन समितिले जनाएको छ । 

भर्च्युअल भोटिङमार्फत भएको निर्वाचनमा अध्यक्षमा सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत लिई विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले मत ५ हजार १ सय ९३ प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त तिलक मल्लले जानकारी दिए ।

यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण गेरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् । भने नारायण सुबेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।

यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।

अमेरिकी कम्पनी भोताजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सुचारु भएको थियो ।

मतदान चलिरहँदा निर्वाचन समितिको कार्यालयमा अध्यक्षका प्रत्याशीद्वय सुभास लामिछाने र सिध्दार्थ श्रेष्ठको प्रतिनिधि विष्णुप्रसाद सुबेदी र सचिन आचार्यका साथै आइसीसीका प्रतिनिधिका रुपमा उपाध्यक्ष रोविन शेरचन, एनआरएनए आइसीसी सल्लाहकार ओम गुरुङ र एशिया प्यासिफिक क्षेत्रीय समितिका उपसंयोजक दिपक कँडेलको विशेष उपस्थिति रहेको निर्वाचन समितिका सदस्य-सचिव भूपिगोविन्द श्रेष्ठले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त मल्लले मतपरिणामको घोषणा गरेका थिए भने विजयी सबैलाई आइसीसी उपाध्यक्ष शेरचनले बधाई दिएका थिए ।
एनआरएन जापानको केन्द्रीय समितिका निर्विरोध चयन भएका बाहेक अन्य पदहरुका साथै नागोया क्षेत्र र क्युशु क्षेत्रको एकैदिन अनलाइन भोटिङ भएको निर्वाचन समितिका अर्का सदस्य केशर गिरीले बताए ।

जापानबाट आइसीसीमा प्रतिनिधित्व गर्ने ८ जना सदस्य भने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । निर्विरोध चयन हुनेहरुमा कृष्ण केसी, टिकाराम कँडेल, रामबहादुर खत्री, शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की र रामबहादुर थापा रहेका छन् ।

यसैगरी लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिव ललिता तामाङ, महिला सहकोषाध्यक्ष कामना भण्डारी, महिला संयोजक मञ्जु बन र महिला सदस्यद्वय ईश्वरी अर्याल र सन्तोषी अधिकारी र लेखा तथा अनुशासन समितिको सदस्यद्वयमा कृष्णप्रसाद कँडेल र अशोक निरौला पनि निर्विरोध चयन भईसकेका छन् ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *