सेप्टेम्बर १०
फुकुओका

एनआरएनए क्युस्युले पश्चिमी जापानको क्युस्यु क्षेत्रमा आइ पार्ट टाइम काम नपाएर समस्यामा परीरहेका नेपाली विध्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले पार्ट टाइम जब सेमिनारको आयोजना गर्दैछ । कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारीक सोमबारका दिन हाकाता सिमीन सेन्टरमा गर्ने भएको छ । विध्यार्थी भिसामा जापान आई पार्ट टाइम काम नपाएर समस्यामा परेका विध्यार्थीहरुका लागी सेमिनार आयोजना गरी डाटा संकलन गरेर संस्थाले कम्पनीहरुसँग समन्वय गरी काम खोज्न सहयोग गर्ने योजना रहेको संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन दाहालले बताउनु भयो ।
कार्यक्रममा सहभागीताका लागी एनआरएनए क्युस्युले गुगल फारम निमार्ण गरी गुगल फारम भरेका विध्यार्थीहरुलाई मात्र सहभागीता गराउन सक्ने छ । समय छोटो र हल सानो भएको कारणले गर्दा यस्तो गर्न परेको संस्थाका सचिब केशब लामिछानेले बताउनु भयो । साथै गुगल फाराम भरेका विध्यार्थीहरुलाई मात्र सहभागीता गराउनु सक्ने पनि सचिब लामिछानेले बताउनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *