無料イラスト【イラストAC】


विगत १० वर्ष देखि जापानको फुकुओका सहरमा विभिन्न नामले आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका मिति २०२२ अगस्ट ६ तारिकका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो। नेपालका सम्माननीय पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ज्यूले उद्घाटन गर्नुभएको थियो । उक्त फेस्टिवलकाे समीक्षाका लागि तयारी बैठक मिति २०२२ अगस्ट १८ तारिक बिहीबार बेलुका ७ बजे हाकाता सिमिन सेन्टरमा सम्पन्न भएको छ । बैठकमा विभिन्न संस्थाका ३२ जना प्रतिनिधिहरूको सहभागि रहेको थियो । आजको बैठकमा विभिन्न व्यक्तित्वहरुले फेस्टिवल आयोजना गर्ने क्रममा आइपरेका तिता मिठा कुराहरूको समीक्षा भयको र यस पटक आई परेका राम्रा कुराहरूलाई आगामी दिनमा सिको गर्दै कमजोरी भयका कुराहरूबाट अर्को पटकको फेस्टिबलमा सुधार गरेर आगाडि बढ्ने कुरा फेस्टिवल आयोजक समिति संयोजक अर्जुन बगाले ज्यूले जनाउनु भयो । साथै आज पेस गरिएको आर्थिक प्रतिवेदनमा अझै विस्तृत रूपमा तयारी गरी अर्को सूचना प्रकाशन गरेर १० औं नेपाल फेस्टिवल फुकुओकाको समीक्षा बृहत रूपमा गरिने हुनाले सम्बन्धित सम्पुर्णमा उक्त कार्यक्रममा सहभागिताको लागि फेस्टिवल मूल आयोजक समिति तथा गैर आबासीय नेपाली संघ क्षेत्रिय समिति सचिव कृष्णहरि पाठक ज्यूले अनुरोध गर्नु भयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *