無料イラスト【イラストAC】lions-club-fukuoka

२०२२ अक्टोबर २०
फुकुओका
नेपाल जापान फेन्डसीप लायन्स क्लबले यस वर्ष पनि अन्य लायन्स क्लबहरुसंगको सहकार्यमा देउसी भैलो कार्यक्रम २०२२ फुकुओकाको हाकातामा अवस्थीत श्री गणेश रेस्टुरेन्टमा यहि २०२२ अक्टोबर २५ मा गर्न लागेको जानकारी सहित उक्त कार्यक्रमले परदेशमा भए पनि नेपालीहरुको दोस्रो महान चाड दिपावलीको अवसरमा जमधट भै रमाइलो गर्नका लागी सम्पुर्णमा अनुरोध संस्थाका सचिब सज्जन सुवेदीले जानकारी दिनुभयो ।


विगतका वर्षमा पनि काठमान्डौ फुकुओका फेन्डसीप लायन्स क्लब, काठमान्डौ मुत्तीनाथ फुकुओका फेन्डसीप लायन्स क्लब, काठमान्डौ मयुर लायन्स क्लबको सहकार्यमा देउसी भैलो कार्यक्रम गर्दै आए पनि २०२० यता संसारभर फैलीएको कोरना भाइरसका कारण गर्न नसकेता पनि यस वर्ष कोरनाबाट बच्ने उपायहरु अपनाउदै कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष लायन भागीरथ पौडेलले जानकारी दिनुभयो । फुकुओकामा भएका लायन्स क्लबहरुले नेपाल र जापानमा नेपालीहरुको सुखदुखमा मलम लगाउने काममा साथसाथै परदेशबाटै भए पनि नेपालको कला संस्कृतिलाई बचाइ राख्नका लागी विभीन्न चाडपर्वमा कार्यक्रमहरु पनि गर्दै आइरहेको जानकारी अध्यक्ष पौडेलले बताउनु भयो ।

deusi-bhailo-programme
写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *