無料イラスト【イラストAC】ohashi-cup


२०२२ अक्टोबर २३
फुकुओका
पाचौ ओहासी कप फुटसल प्रतियोगीता तथा भाग्यसाली चिठ्ठा कार्यक्रम मिति २०२२ अक्टोबर २२ तारीकका दिनमा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ६ वर्ष अगाडि जापानको फुकुओकाको ओहासीमा बसोबास गर्ने नेपालीहरुले गठन गरेको ओहासी क्लबले संचालन गरेको फुटसल प्रतियोगीता कोरना भाइरसका कारण २ वर्ष गर्न नसकेको र यसपाली भव्यताका साथ सम्पन्न भएकौ जानकारी क्लबका म्यानेजर सन्देस केसीले दिनु भयो ।


यस पालिको ओहासी कपमा जापानको विभिन्न ठाउँको २० वटा टिमले सहभागिता जनाएको टुर्नामेन्टमा संस्करण सुरुवात भए पछि तेस्रो पटक उपाधी चुम्न सफल श्री गणेश खुकुरी क्लबले १ गोलका विरुद्ध ५ गोल गर्दै प्रथम स्थान र केआइइसी फुटबल क्लबले दीप्तिय स्थान हात पार्न सफल भयको छ । प्रथम र द्वितीय हुने टिमले क्रमसः ३,००,००० येन र १,५०,००० येन सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छन । साथै प्रथम हुने टिमले ओहासी कपको आकर्षकको रुपमा रहेको खसी पनि प्राप्त गरेको थियो । दुवै टिमले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए ।


त्यसैगरी फाइनल खेलमा बेस्ट डिफेन्समा केआइइसीका केशब छन्त्याल, सर्वाधिक गोल कर्ता सुब्बा श्रेष्ठ, उत्कृष्ठ किपर रञ्जित गुरुङ्ग, बेस्ट म्यानेजर सुपर एटका मिराज सेडाइ, बेस्ट टिम कुरुमे फुटबल क्लब र म्यान अफ द टुर्नामेन्ट आयोजकका अशोक नेपालीले हात पार्न सफल हुनु भयको छ । साथै त्यहि दिन गरीएको भाग्यशाली चिठ्ठा कार्यक्रममा चिठ्ठा नम्बर १११ लाई प्रथम पुरस्कार परेकाले छिटो भन्दा छिटो अर्धकट्टि सहित सम्पर्क गर्नुहुन म्यानेजर केसीले अनुरोध गर्नुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *