無料イラスト【イラストAC】

जापान
डिसेम्बर १६
आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान लगायत अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कपको तयारी तिव्र रुपमा अगाडी बढीरहेको छ । जनवरी १२ तारिखका दिन हुन लागेको कार्यक्रमको तयारी विभीन्न उपसमितिहरु गठन गरी आआफ्नो क्षेत्रबाट अगाडी बढिरहेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिएका छन् ।
नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरुलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारिस्परिक भाइचाराको बिकास गरी यस क्षेत्रमा रहेको प्रचुर संभावना र क्षमता बोकेका खेलाडीहरुको प्रतिभालाई यसै मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कुरा मोना जापानका अध्यक्ष बिसाल के सीले बताउनु भयो ।
यस क्रार्यक्रमलाई भब्यताका साथ सम्पन गर्न जापानबासी विशेषतः शिजुओकामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि अपिल गरिएको छ ।
उक्त प्रतियोगिताको पुरस्कार राशि भने शिजुओका क्षेत्रमा अहिले सम्मकै सर्बाधिक रहेको बताईएको छ । जसअनुसार बिजेताका ५०१,००० येन र उपबिजेताका लागि २०१,००० हजार येन तोकिएको छ । साथै विभिन्न विधाहरुमा पनि पुरस्कार रहेको कुरा संयोजक चोचाङ्गिले बताउन भयो ।

写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *