अगस्ट २५
फुकुओका
नेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको तीज धमाका २०२५ तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार सुनिता दुलालको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा सर्जक पुरुषोत्तम सिग्देल, माधव सिग्देल र प्रेम सापकोटा (सोनु) गरी ४ जना कलाकारको बेजोड प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको थीयो । साथै सधै भन्दा यस वर्ष फरक गर्नका लागी सहभागीहरुलाई आयोजकले दरको व्यवस्था पनि गरेको थियो । उक्त कार्यक्रममा विभीन्न पेसाले फुकुओकामा बसोबास गर्नुहुने करीब ५०० जना नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागीता रहेको फुकुओका नेपाल सोसाइटी सचिब बिसाल जिम्बाले बताउनु भयो ।
उक्त कार्यक्रममा आमन्त्रीत कलाकारको प्रस्तुति रहदै गर्दा करीब १०० जना दिदीबहिनीहरु स्टेजमा नै चडेर नाच्दै रमाउनु भएको थियो । सहभागीहरुले प्रत्येक वर्ष नयाँ नयाँ कलाकारसँग तिजको अवसरमा रमाइलो गर्ने माहोल बनाइदिने फुकुओका नेपाल सोसाइटीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै आगामी वर्षमा पनि यस्तै अवसर मिलाइदिनका लागी पनि अनुरोध गर्नुभएको थियो ।
उक्त कार्यक्रम सम्पन्न गर्नका लागी सहयोग गरीदिनु हुने सहयोग दाताहरु, सह आयोजकहरु, मिडीया पार्टनरहरु लगायत विभीन्न व्यक्तित्वहरुलाई मायाको चिनो र प्रमाण पत्र पनि वितरण गरीएको थियो । सहयोग गर्ने सम्पुर्ण तथा कार्यक्रम हल सम्म आइदिनुहुने सम्पुर्णलाई संस्थाका तर्फबाट संस्थाका अध्यक्ष दिपक बिकले धन्यवाद ज्ञापन गर्नुभयो ।
