無料イラスト【イラストAC】


फुकुओका
अगस्ट १४
अहिलेको युवा पुस्तामा अत्यन्तै प्रख्यात नेपाली व्याण्ड जोन एण्ड र लोकल्सको जापान साँगीतिक टुरका क्रममा फुकुओकामा पनि कन्सर्ट आयोजना हुदै छ । फुकुओकाको इतिहासमै पहिलो पटक जम्काभेट गु्रपको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको युनाइटेड ल्यावको हलमा २०२४ सेप्टेम्बर ७ तारीक शनिबारका दिन आयोजना गर्न लागीएको र विभीन्न समयमा नेपाली कार्यक्रमहरुमा भैरहेका झैझगडा न्युनिकरण गर्नका लागी यस पटकको कार्यक्रममा जापानिज सुरक्षाकर्मिहरुको उपस्थीतिमा कार्यक्रम गर्न लागीएको कार्यक्रम आयोजकले जनाएको छ ।
कार्यक्रम एकदमै भव्यताका साथ सम्पन्न गर्नका लागी टिकट विक्री वितरण कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ । साथै अर्लि बर्डको टिकट सम्पुर्ण विक्री भैसकेको जानकारी पनि आयोजकले गराएको छ । साथै टिकट अनलाइन मार्फत Ticketkhai.com बाट पनि किन्न सकिने छ ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *