फुकुओका
जनवरी ६
फुकुओका सिटी भित्रका कम्बीनी तथा सुपर मार्केटहरुको काउन्टर छेउमा राखीएका रातो प्लास्टीक के होला भनि कौतुहलता भएको छ भने बुझि राख्नुहोस । उक्त प्लास्टीक फुकुओका सहरको विभीन्न कम्बीनी तथा सुपर मार्केटबाट सामान हालेर ल्याइ सिधै फोहोर फाल्ने प्लास्टीकको रुपमा प्रयोग गर्न सकिने भएको छ । २०२४ नोभेम्बर २९ तारीकबाट सुरुवात भएको यस नयाँ प्लास्टीक (फुकु रेजी) कम्बीनी तथा सुपर मार्केटमा किन्न पाइन्छ ।
यस प्लास्टीक सुरु गर्नुको मुख्य कारण प्लास्टीकको प्रयोग कम गर्नु हो । जापानमा सामान किन्दा प्लास्टीक पनि किन्न पर्ने नियम परीवर्तन भए पछि पनि फुकुओका सिटीमा प्रत्येक वर्ष २६०० टन प्लास्टीक निस्कने गरेको छ । यस फुकु रेजीको प्रयोगबाट वार्षिक ३० टन प्लास्टीकको प्रयोग घटने सम्भावना रहेको पाइन्छ ।
फुकु रेजी १० लिटर र १५ लिटरको गरी २ प्रकारका रहेको छ र यसको मुल्य क्रमशः १० येन र १५ येन रहेको छ । उक्त प्लास्टीक फुकुओका सिटी भित्रका कम्बीनी, सुपर मार्केटहरुको काउन्टर नजिकै राखेर विक्री सुरुवात गरीएको छ । कहाँ कहाँ उक्त प्लास्टीक पाइन्छ त भनेर फुकुओका सिटीको आधीकारीक होमपेजमा हेर्न सकिन्छ ।