dong-fukuoka-show

फुकुओका
डिसेम्बर १२
नेपाली चर्चित र्‍यापर महेश दोङ्ग (दोङ्ग)लाई जापान बोलाएर अगे्रजि नयाँ वर्ष २०२४को पावन अवसरमा जापानको फुकुओका लगायत अन्य शहरहरुमा साँगितीक कार्यक्रम हुने भएको छ । जापानमा विभीन्न समयमा नेपाली गित सँगीतसँग सम्बन्धीत साँस्कृतिक कार्यक्रमहरु हुने भएता पनि र्‍याप गायकहरुको प्रस्तुति एकदमै विरलै रहने हुनाले र्‍याप गीत मन पराउने युवा वर्गलाई लक्षीत गरी कार्यक्रम गर्न लागीएको फुकुओकाका लागी आयोजक फुकुओका ब्रर्दशका नमङ्ग घिसीङ्गले जानकारी दिनु भयो ।
फुकुओकाको च्युव कु मा रहेको इभोल बाइ ग्रान्ड मिराज हलमा २०२३ डिसेम्बर ३१ तारीकका दिन हुन गैरहेको साँगीतिक कार्यक्रममा टिकट दर एडवान्स बुकिङ्ग ३,००० येन, डोर सेल ४,००० येन र भी आइपी टिकट १०,००० येन तोकिएको छ । उक्त दिन साँझ ४ बजेबाट ९ बजेसम्म हुने कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको र टिकट सिमीत मात्रामा बाँकी रहेकोले समयमै सम्पर्क गर्नका लागी आयोजक टिमका अर्का सदस्य युकेस रानाले अनुरोध गर्नुभयो ।
साथै दोङ्गको अन्य कार्यक्रममा डिसेम्बर ३०मा नागोया र जनवरी ६ मा टोकियोमा सो हुने जानकारी पनि रानाले दिनुभयो ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *