無料イラスト【イラストAC】

फुकुओका
फेब्रुअरी १४
जापानीज भाषा दक्षता परिक्षा (जेएलपिटी) परिक्षाको आगामी परीक्षा २०२५ जुलाई ६ तारीक आइतबारका दिन हुदैछ । वर्षमा २ पटक जुलाई र डिसेम्बरमा हुदै आइरहेको उक्त परिक्षाको एन १ देखी एन ५ सम्मका सबै तहको परिक्षा एकै समयमा हुने गरेता पनि यस पटकबाट २ सिफ्टमा परिक्षा संचालन गर्ने सुचना जेएलपिटी जापानले फेब्रुअरी ५ तारीकका दिन आधीकारीक वेवसाइट मार्फत जानकारी गराएको छ । उक्त २ सिफ्टमा N1 र N2 को परिक्षा पहिलो सिफ्ट बिहान ९:१० बाट सुरु भै १ बजे सकिने छ भने N3, N4 र N5 को परिक्षा दोस्रो सिफ्ट दिनको ३:१० बाट सुरु भै साँझ ७:१० मा सकिने छ ।


२०२५ जुलाईमा हुने परिक्षाका लागी २०२५ मार्च १८ तारीक मंगलबारबाट अप्रिल ८ तारीक मंगलबार साँझको ५ बजे सम्म मात्र अनलाइन मार्फत फारम भर्न पाइने छ । यस फारम भर्नका लागी शुल्क ७,५०० येन तोकिएको छ । जापानबाट फारम भर्दा क्रेडिट कार्ड, बैक मार्फत र कम्बीनीयन्स स्टोर गरी ३ तरीकाबाट भुत्तानी गर्न सकिने छ । थप जानकारीका लागी जेएलपिटीको आधिकारीक होमपेज हेर्नुहोला ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *