無料イラスト【イラストAC】ghumti-sewa

मार्च १७

फुकुओका

नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३ अप्रिल १,२, ३ र ४ तारिक गरि ४ दिन क्युस्यूमा बसोबास गर्ने नेपालीहरुलाई समेट्ने गरी आयोजना हुन लागेको घुम्ती सेवाको तयारीमा फुकुओका वाणिज्य दुतावास, गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमिति लगायत क्युस्युमा अवस्थित सम्पूर्ण संघ संस्थाहरू कार्यक्रमलाई भव्य रूपमा सम्पन्न पारी सकेसम्म धेरैलाई सेवा दिनको लागि तिब्र तयारीमा जुटिरहेको र उक्त घुम्ती सेवामा डिसेम्बर ३१, २०२३ सम्म म्याद सकिने राहदानीवाहकले नवीकरण गर्न सकिने साथै, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउन र हराएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नमिल्ने भएमा पनि राहदानी बनाउने प्रक्रिया गर्न सकिनेछ जानकारी वाणीज्य दुतावास फुकुओकाका सचिव दिपक देवकोटाले जानकारी दिनुभयो ।

फुकुओकामा आयोजना हुने घुम्ती सेवालाई लक्ष्यित गरी मिति २०७९।१२।१२ गते (March 26, 2023) र २०७९।१२।१९ गते (April 02, 2023) का लागि पनि Appointment Booking खुला गरिएको र उक्त दिन राजदूतावास बन्द हुने हुँदा केवल फुकुओकामा घुम्ती सेवा लिन चाहनुले मात्र Appointment Book नगर्नुहुन अनुरोध गरिएको छ।

साथै घुम्ती सेवाबाट सेवा लिनका लागी गरीएको अग्रीम अनलाइन परिक्षणबाट गुगल फर्म भर्नु भएका करीब ५०० जना भन्दा बढी नेपालीहरुमा यस पटक सबैलाई सेवा दिन असमर्थ रहेका कारण पहिलो चरणको यस घुम्ती सेवाबाट २०२३ डिसेम्बर ३१ तारीक सम्म पासपोर्टको म्याद भएका नेपालीहरुलाई सेवा प्रवाह गरी अर्को घुम्ती सेवा दिनका लागी सहकार्य गर्ने योजना रहेको एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले बताउनु भयो । साथै प्रिइनरोलमेन्ट फर्म भरीसकेपछि पिडीएफ डाउनलोड गरी नेपाली राजदुतावास टोकीयोको इमेल (ghumti.eontokyo@gmail.com) मा मेल गर्नका लागी र मेल गर्ने बेलामा subject मा Fukuoka Ghumti गरेर २०२३ मार्च २९ भित्रमा इमेल मार्फत पठाएर सहयोग गर्नका लागी अनुरोध पनि गनुभयो ।

थप जानकारीका लागी नेपाली राजदुतावास टोकीयो, वाणीज्य दुतावास फुकुओका, एनआरएनए जापान र एनआरएनए क्युस्यु लगाएत क्युस्युमा अवस्थीत अन्य संघ संस्थाहरुमा सम्पर्क गर्न सकिने जानकारी एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवा संयोजक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

写真素材無料【写真AC】
Latest Posts from FN News

1 Comment

  1. मेरो राहादानिको अबधि २०२३/१२/९ सम्मभएकोले पुन रिन्यू को लागि माहामहीम समक्छ हार्दिक अनुरोध गर्दछु

Leave a Reply to Chandra Bahadur Lama Cancel reply

Your email address will not be published. Required fields are marked *