कुमामोतो
अगस्ट २७
सामाजिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अबसरमा कुमामोतो नेपाली समाजद्वारा २०२५ अगस्ट २४ तारीकका दिन आयोजित विशेष दर खाने कार्यक्रम तथा अनलाइन नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि डा. हरि देवकोटा लगायत अन्य विशेष अतिथिहरूमा सुरेन्द्र डङ्गोल, मञ्जुल मितेरी, पवन अधिकारी, कृष्ण पाण्डे लगायत अन्य विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन रामचन्द्र राई र कार्यक्रम संयोजक रुपा नेपालीले गर्नुभएको जानकारी संस्थाका अध्यक्ष रोसन भटराईले बताउनु भयो ।


अनलाइन नृत्य प्रतियोगीताका सबै प्रतियोगीहरूको अब्बल प्रतिभाको उच्च कदर गर्दै विभीन्न विधाका आधारमा प्रकाशन गरीएको नतिजामा सृजना नगरकोटीले प्रथम स्थान, संस्कृती मगर र अंशुमा परियार दिप्तीय र आशा बलाल तृतिय स्थान हासील गर्नु भएको थियो । विजेताहरुले क्रमशः २० हजार येन, १५ हजार येन र १० हजार येन सहित प्रमाण पत्र प्राप्त गर्नुभएको थियो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *