जापान
डिसेम्बर २६
गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकीनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिवल ओकिनावा २०२५ फेबु्रअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागीएको छ । जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिवल गरी नेपाल र नेपाली पहिचान जापानीज नागरीक माझ देखाउनका लागी गरीने कार्यक्रमहरु मध्येको एकका रुपमा नेपाल फेस्टिवल पनि रहेको छ ।
यस कार्यक्रमले नेपाली र ओकिनावा बासी जापानिजहरु बिचको सम्बन्ध विस्तार, सस्कृति आदानप्रदान गरी नेपालको पर्यटन क्षेत्रमा जापानिज नागरीकहरुको वृद्धि गराउन सहयोग पुराउने आशा राखिएको फेस्टिवल संयोजक तथा एनआरएनए ओकिनावा संयोजक देवेन्द्र खडकाले बताउनु भयो । साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी जापानबासी सम्पुर्ण नेपाली तथा सरोकारवाला निकायहरुलाई सहयोगका लागी अनुरोध गर्नुभयो ।