無料イラスト【イラストAC】shadows

२०२२ सेप्टेम्बर ९
जापान, सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज भन्ने एल्बमबाट उदाएको चर्चित व्यान्ड आफ्नोे २५ औँ बार्षिक स्थापना कालको अवसरमा जापान भ्रमणमा आउन लागेको हो । दर्जनौ नेपाली आधुनिक एल्बमहरु बजारमा ल्याइ सकेको उक्त व्यान्ड नेपाली युवा वर्गमा आफ्नो पहिचान बनाउन सफल भएको व्यान्डको रुपमा चिनीन्छ । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा जापान भ्रमणमा आउन लागेको व्यान्डले जापानका विभीन्न शहरमा साँगीतिक प्रस्तुति दिने छ । त्यस क्रममा २०२२ अक्टोबर १० तारीक(सोमबार)का दिन फुकुओकाको वातानावे दोरीमा रहेको स्काला स्पासीओ लाइभ हाउसमा साँगीतिक प्रस्तुती रहने फुकुओकाका लागी कार्यक्रम संयोजन गरीरहेको सारङ्गि फुकुओकाले एफएन न्युजलाई जानकारी दिएको छ ।


उक्त कार्यक्रमका बेलुकाको ३ बजेबाट कार्यक्रम स्थल खुली ५ बजेबाट कार्यक्रम सुरुहुने आयोजक समितिले जनाएको छ । साथै कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र हाल फुकुओकाको विभीन्न ठाँउबाट विक्री वितरण गरीरहेको छ । उक्त कार्यक्रमको टिकट शुल्क पहिलै किनेमा ३५०० येन र उक्त दिन कार्यक्रम स्थलको बाहिर किनेमा ४००० येन लाग्ने कार्यक्रम समितिले जानकारी दिएको छ । स्याडोजको कार्यक्रम फुकुओका भन्दा बाहिर जापानको टोकीयोमा १ अक्टोबर र ओसाकामा ६ अक्टोबरका दिन हुने कुरा पनि आयोजक समितिले जानकारी दिएको छ ।


कार्यक्रम सफल पार्नका लागी फुकुओकामा रहेका अन्य संघ संस्थाहरुसंग पनि सहकार्य गरी अगाडी बढीरहेको जानकारी कार्यक्रम आयोजक समितिले जानकारी दिएको छ ।

  • 30Days
  • 23Hours
  • 52Minutes
  • 46Seconds

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *