जापान
जनवरी १७
अध्ययन पछि हुने रोजगारीको सुनिश्चितता नहुनु, जागीर खानका लागी राजनीतिक सोर्शफोर्शको भर पर्न पर्नु र विदेशिदा भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास बलियो हुनुले नेपालबाट विध्यार्थीहरु वैदेशिक अध्ययनमा ओइरो नै लाग्ने गरेको देखिन्छ । यसका राम्रा तथा नराम्रा पक्षहरु होलान त्यसमा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।
विभिन्न खाडी मुलुकको गर्मीमा जोखीमपुर्ण काम गरी सन्तुष्ठ नहुने गरी पाउने तलब सुविधा भन्दा संसारका विकसीत देशमा अध्ययन गरी दक्ष बनेर राम्रो धन आर्जन गर्नु कसरी नराम्रो हुनसक्छ ? तर यसलाई व्यवस्थीत गर्नका लागी नेपाल सरकार र सरोकारवाला निकायहरुको व्यवस्थीत निती नभएका कारणले दक्ष जनशक्ति भविष्यमा देश फिर्ता भै देश विकासमा टेवा पुराउने कुरामा सहयोग हुने कुरामा विश्वस्थ छैन ।
जापानमा क्रमशः चिन, दक्षिण कोरीया, नेपाल, भियतनाम, भारत, फिलीपिन्स, म्यानमार लगाएतका देशबाट अध्ययनका लागी विध्यार्थीहरु आउने गर्दछन । नेपालबाट आउने विध्यार्थीहरुको संख्या दिनहु बढदो क्रममा छ ।
जापानमा विभीन्न पेसामा गरी करीब १लाख ५० हजार भन्दा बढि नेपालीहरु बसोबास गरीरहेका छन । त्यो मध्ये जापानमा विध्यार्थी भिसामा आउन चाहानेहरुको संख्या उल्लेखनिय रुपमा दिनहु बढीरहेको छ । जापानमा विध्यार्थी भिसामा आएका विध्यार्थीहरुलाई केहि शहरहरु बाहेक अन्य ठाँउमा पार्ट टाइम काम पाउनका लागी त्यती समस्या त छैन तै पनि जापान सरकारको नियम अनुसार हप्तामा २८ घण्टा मात्र काम गर्न पाउने र जापानको महगीमा हप्ताको २८ घण्टा गरेको कामको तलबले जापानमा आफ्नो खर्चमै ठिक्क हुने हुनाले समस्या निकै नै छ ।
जापानमा आफ्ना बाल बच्चाहरुलाई पहिला पढन दिनुस
नेपालबाट जापान आउनका लागी १ वर्षको भाषा विध्यालयको रकम, ६ महिनाको होस्टेलको रकम र विभीन्न खर्च गरी करीब १५ लाखको हाराहारीमा खर्च हुने गर्दछ । नेपालबाट अभिभावकले आफ्ना सन्तानलाई पढन भन्दा कमाउन विदेश पठाउने अभ्यास बढीरहेको छ । अभिभावकले सन्तानबाट त्यती अपेक्षा गर्नु नराम्रो त होइन तर जापानमा विध्यार्थी भिसामा आउदा सोचे अनुसारको कमाइ नहुने हुनाले परीवारले त्यो कुरा बुझिदिनु पर्दछ ।
आफ्नो अवस्था अनुसार अभिभावकले सन्तालाई वैदेशिक शिक्षा दिन चाहानु अस्वभाविक होइन तर २०–२२ वर्षको उमेर सम्म नेपालमा रहदा सामान्य भन्दा काम नगरेका हाम्रा बालबच्चाहरु जब विदेशमा आउछन तब सबै जिम्मेवारी एकै साथ थपिने हुन्छ । एकसाथ खान, बस्न, स्कुलको महगो फि, कोठा भाडा र अन्य खर्चहरु आफै जुटाउनु पर्ने हुन्छ ।
पढाइ पनि नेपालमा जस्तो छैन नया भाषा, नया ठाँउ, नया साथी, नया तरीका र दिनहु गर्नु पर्ने गृहकार्यहरुले विभीन्न समस्याहरु पनि थपीदै गैरहेका हुन्छन । स्कुलबाट दिइने गृहकार्य मात्र नभै २ वर्षको भाषा विध्यालयको पढाइ सकिए पश्चात पुन नयाँ भोकेसनल कलेज अथवा युनिभर्सिटि खोज्नु पर्ने समस्या पनि छ । त्यस्ता कलेजको फिको व्यवस्थापन पनि समस्या भै रहेको हुन्छ । विदेशमा बसेर नेपालबाट खर्च पठाउन लगाई पढन सक्ने अवस्था पनि हुदैन र आफै व्यवस्थापन गर्न पनि विभीन्न समस्याहरु आइ पर्ने हुनाले बेलाबेलामा अप्रिय घटनाहरु प्नि घटीरहेका हुन्छन ।
त्यस माथि परीवार तथा आफन्तबाट विभीन्न विलाशिताका सामाग्रीको अपेक्षा, अनि फलानाले यति कमाइ सक्यो तेरो खै भन्ने परीवारको प्रश्नले अझै समस्या थप गर्दछ । मेरो आफ्नै कुरा गर्दा मेरो परीवारवाट त खासै त्यस्ता कुराहरु आएनन तर साथीहरुमा त्यस्ता कुराहरुबाट परेको नकरात्मक असर नजिकबाट नियाल्ने मौका पाएको थिए । विदेशमा आत्मबल बलियो बनाई राख्न मदत गर्नमा परिवारको भुमिका निकै ठुलो हुने गर्दछ ।
विध्यार्थी भिसामा परदेशमा भएता पनि परीवार तथा आफन्तबाट आउने प्रश्नहरु भनेको अनौठा हुन्छन । स्वास्थ्य अवस्था, पढाइ बसाइको अवस्था होइन की काम कस्तो छ? कमाइ कति छ? कति बचाउछस? विदेशमा मोज गरेको छस ? जस्ता प्रश्नले छाती चिराचिरा पारेर घर परिवार साथी भाई कसैलाई सम्झिन मन नि लाग्दैन ।
जापान जस्तो देशमा एक जना विध्यार्थीले साधारण जिवन यापनका लागी कलेज फि बाहेक ८० हजार देखी एक लाख सम्म खर्च हुन्छ । करीब ४०–५० हजार घर भाडा, ३० हजार खाना खर्च, यातायात र मोवाइल खर्च २० हजार जति हुने गर्दछ भने हप्ताको २८ घण्टा काम गर्दा हुने कमाइ भनेको रातीको समयका काम गरे पनि त्यही १लाख २० हजार बाट ३० हजार सम्म हो । भन्नेले त भन्लान कुन नेपालीले नियम पालना गरेर हप्तामा २८ घण्टा मात्र काम गरेका छन र तर भिसा थप गर्ने बेलामा समस्या हुने हुनाले नियम पालना गर्नु भन्दा अर्को उपाय छैन ।
जापानमा भोकेसनल कलेज पढेमा ४ वर्ष र युनिभर्सिटिको पढाइ भएमा ६ वर्षको संघर्ष पश्चात कम्पनीमा काम गर्न सुरु गरे पश्चात आम्दानी पनि नियमित राम्रो हुदै जाने र परीवार पनि बोलाउन मिल्ने हुनाले विध्यार्थी भिसामा भएका आफ्ना सन्तानलाई काम र पैसा भन्दा पनि पछि भविष्यमा राम्रो गर्नका लागी पढाइ र नियम कानुन पालनाका लागी प्रोत्साहित गर्ने गर्नुहोस । प्रतिक्षाको फल मिठो हुन्छ ।
तर झुटा आश्वासन दिएर युवावर्गलाई विदेश पठाउने विभीन्न व्यक्ति तथा संस्थालाई नियमन गरी कानुनी दायरामा ल्याउन सरकार र विभीन्न सरोकारवाला निकायहरु अग्रसर भएर लाग्नु पर्दछ ।