नागोया
डिसेम्बर ७
जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त घुम्ती सेवामा राहदानी नवीकरण ४६६ जना, बालबालीकाको राहदानी तथा पुराना राहदानीको नवीकरण गरी ७५ जना, अन्य कन्सुलर सेवा ६६ जना गरी जम्मा ५९७ जनाले सेवा लीनु भएको जानकारी दुतावासका प्रथम सचिब जित बहादुर कार्कीले बताउनु भयो ।

नेपालीहरुको अत्याधिक बसोबास रहेको नागोया सहरमा संचालन गरीएको घुम्ती सेवाले राहदानी नवीकरणका लागी दुतावास सम्म जान पर्ने बाध्यता बन्द भएको र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समयसँगै पैसा पनि बचत भएको कुरा एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्तीसेवा कार्यक्रमका संयोजक सुबास लामिछानेले बताउनु भयो ।


घुम्तीसेवामा अहोरात्र खटिनुहुने दुतावासका प्रथम सचिब जित बहादुर कार्की, तृतिय सचिब ज्ञानहरी ज्ञवाली, फुकुओका अवैतनिक वाणिज्य दुतावासका सचिब दिपक देवकोटा, टेक्नीसियन आवेसान लगाएत एनआरएनए नागोयाले व्यवस्थापन गरेका स्वयसेवकहरुको सहभागीतामा भव्य र सव्य रुपमा सम्पन्न भएको र विभीन्न तह र तप्काबाट सहयोग गनुहुने सम्पुर्णमा व्यत्तिगत र संस्थागत तर्फबाट संयोजक लामिछानेले धन्यवाद ज्ञापन गर्नुभयो ।
घुम्तीसेवा संचालनको क्रममा जापानका लागी नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नविन न्युरे लगाएत विभीन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
आगामी दिनमा जनवरीमा फुकुओका, फेबु्रअरीमा ओशाका, मार्चमा गुम्मा, अप्रिलमा ओकिनावा, मेमा फुकुसीमा, जुनमा तोचिगी र जुलाईमा हिरोसिमा गरी घुम्ती सेवा संचालन गर्ने योजना रहेको दुतावासका प्रथम सचिब कार्कीले बताउनु भयो ।

, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *