typhoon-6


अगष्ट ८
फुकुओका
ताइफु नम्बर ६ अमामी शहरबाट करिब १५० किलोमिटर पूर्वमा ८ तारिख ०४:०० मा रहेको अनुमान गरिएको छ र यो सुस्त गतिमा उत्तरपश्चिमतर्फ सरिरहेको छ । यदि मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट ९ तारिकदेखि १० तारिकको मध्याह्न अघि क्युसुको उत्तरी भागमा पुग्ने अपेक्षा गरिएको छ।
यस कारणले गर्दा, फुकुओका प्रिफेक्चरमा ९ तारिखदेखि १० तारिख बिहानसम्म धेरै बलियो हावा चल्ने अनुमान गरिएको छ । किताक्युस्यु क्षेत्रको सेतो इनल्याण्ड सागरमा छालहरू उठ्न सक्ने अनुमान गरिएको छ। ताइफुका कारणले बलियो हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाको भविष्यवाणी
८ गते बिहान ६ बजेदेखि ९ गते बिहान ६ बजेसम्म २४ घण्टा वर्षा हुने अनुमान
फुकुओका क्षेत्र ६० मिमी
किताक्युस्यु क्षेत्र ८० मिमी
चिकुहो क्षेत्र ८० मिमी
चिकुगो क्षेत्र ८० मिमी
त्यसपछि ९ गते बिहान ६ बजेदेखि १० गते बिहान ६ बजेसम्म २४ घण्टाको वर्षा हुने सम्भावना सबै ठाउँमा उच्च रहने छ ।
फुकुओका क्षेत्र १०० देखि २०० मिमी
किताक्युस्यु क्षेत्र १०० देखि २०० मिमी
चिकुहो क्षेत्र १०० देखि २०० मिमी
चिकुगो क्षेत्र १०० देखि २०० मिमी

त्यसपछि १० गते बेलुकी ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म २४ घण्टाको वर्षा हुने सम्भावना सबै स्थानमा उच्च रहने छ ।
फुकुओका क्षेत्र १०० देखि २०० मिमी
किताक्युस्यु क्षेत्र १०० देखि २०० मिमी
चिकुहो क्षेत्र १०० देखि २०० मिमी
चिकुगो क्षेत्र १०० देखि २०० मिमी
जापानमा आएर ताइफुको असरमा नपर्नु भएका धेरै जना हुन सक्नु हुनेछ विशेष गरी साइकलको यात्रामा ध्यान दिनुहोला ।

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *