टोकियो — जापानमा बस्ने नेपालीहरूका लागि जानकारी दिँदै आएको Japan Saathi (जापान साथी) ले कर, पासपोर्ट र भिसासम्बन्धी पाँचवटा निःशुल्क अनलाइन टुल सार्वजनिक गरेको छ। सबै टुल फोनमै चल्छन्, र प्रयोगकर्ताले लेखेको नाम, अंक वा फोटो कतै पठाइँदैन।
年末調整 का लागि नाता प्रमाणित पत्रको जापानी अनुवाद
नोभेम्बर–डिसेम्बरको 年末調整 मा नेपालमा बस्ने बुबाआमा वा श्रीमान्/श्रीमतीलाई 扶養 मा राख्न नाता प्रमाणित पत्र र त्यसको जापानी अनुवाद चाहिन्छ। यसका लागि Japan Saathi ले नाता प्रमाणित पत्रको जापानी अनुवाद नमुना बनाएको छ। फारम भरेपछि जापानीमा 「親族関係証明書(翻訳文)」 तयार हुन्छ, जसलाई A4 मा प्रिन्ट वा PDF बनाउन सकिन्छ। पासपोर्ट, नागरिकता, जन्म दर्ता र विवाह दर्ताको अनुवाद पनि बनाउन सकिन्छ।
国税庁 (राष्ट्रिय कर एजेन्सी) को Q&A अनुसार विदेशी भाषामा भएको कागजसँग जापानी अनुवाद पनि बुझाउनुपर्छ, तर अनुवाद कसले गर्ने भन्ने नियम छैन। त्यसैले कम्पनीले आफैंले गरेको अनुवाद लिन्छ कि लिँदैन, पहिले HR सँग सोध्न सुझाव दिइएको छ। कागज जटिल भए वा कार्यालयले प्रमाणित अनुवाद मागे पेशेवर अनुवादक प्रयोग गर्न पनि भनिएको छ। बुबाआमालाई पैसा पठाउँदा ध्यान दिनुपर्ने कुरा 扶養控除等申告書 भर्ने गाइड मा छ।
अन्य निःशुल्क टुल
- आम्दानी (所得) हिसाब टुल — वर्षको तलब हालेर 所得 र कर कटौती तुरुन्त हेर्न
- फोटो साइज टुल — e-Passport फारमका फोटो 1MB भन्दा सानो बनाउन
- बच्चाको पासपोर्ट फोटो टुल — घरमै खिचेको फोटोको पृष्ठभूमि सेतो, ४५×३५ mm
- भिसा फोटो टुल — भिसा नवीकरण र PR आवेदनका लागि ४०×३० mm
सबै टुल एकै ठाउँमा: Japan Saathi का निःशुल्क टुल (japansaathi.com/tools)। फोनमा एपजस्तै राखेर इन्टरनेट नभए पनि प्रयोग गर्न सकिन्छ।
Japan Saathi ले YouTube, Facebook र TikTok मा पनि ठगी अलर्ट, कर र भिसासम्बन्धी भिडियो नेपालीमा प्रकाशित गर्दै आएको छ। (पारदर्शिताका लागि: Japan Saathi र FN News का सञ्चालक एउटै व्यक्ति हुन्।)
यो सामान्य जानकारी हो, कर सल्लाह होइन। आफ्नो अवस्था कम्पनीको HR वा 税務署 मा पुष्टि गर्नुहोस्।






