१० नोभेम्बर (मंगलबार)
नोभेम्बर १० तारिख दिउँसो करिब २ बजे, फुकुओका शहरको चुओ वार्डमा रक्सी पिएर साइकल चलाएको अभियोगमा एक जना नेपाली विद्यार्थी पक्राउ परेका छन्।
पक्राउ पर्नुअघि उनलाई सूचना पाएर पुगेको प्रहरीले चेतावनी दिएको थियो।
१० तारिख दिउँसो फुकुओका शहरको चुओ वार्ड, तोजिनमाचीस्थित एउटा पार्कमा “एक जना मातेका पुरुष साइकल चढ्न खोजिरहेका छन्” भनी प्रत्यक्षदर्शी पुरुषले प्रहरीलाई खबर गरेका थिए।
ती पुरुषलाई सूचना दिने व्यक्तिले रोकेपछि उनले सुरुमा साइकल चढ्न छाडेका थिए।
सूचना पाएर पुगेका प्रहरीले पनि चेतावनी दिएर घटनास्थल छाडेका थिए। तर दिउँसो ३ बजेअघि फेरि सोही बाटो भएर जाँदा ती पुरुष साइकल चलाइरहेको अवस्थामा भेटिए।
उनको सास जाँच गर्दा तोकिएको मापदण्डभन्दा करिब ८ गुणा बढी मादक पदार्थ भेटिएपछि प्रहरीले उनलाई मातेर सवारी (साइकल) चलाएको अभियोगमा घटनास्थलबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा फुकुओका शहर चुओ वार्ड अरातोमा बस्ने २६ वर्षका नेपाली विद्यार्थी रेग्मी अनमोल रहेका छन्।
प्रहरी सोधपुछका क्रममा रेग्मीले “दिउँसो १२:३० देखि २ बजेको बीचमा ५०० मिलीलिटरका ३ क्यान चुहाइ (रक्सी) पिएको” बताएका छन्। उनले “रक्सी पिएर साइकल चलाएको” भन्दै आफ्नो दोष स्वीकार गरेका छन्।
स्रोत: RKB माइनिची ब्रोडकास्टिङ





