फुकुओका
सेप्टेम्बर १६
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ नाङ्गलो घर फुकुओकाको प्रमुख प्रायोजनमा दोस्रो मोना क्युस्यु भलिबल कप भव्यताका साथ सम्पन्न भएको जानकारी प्रतियोगीता मोना क्युस्यु संयोजक दिपक बिकले जानकारी दिनुभयो ।

प्रतियोगीता २०२४ सेप्टेम्बर १५ तारीक आइतबारका दिन फुकुओकाको कोगा सी मा रहेको ताइकुकानमा सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा फाइनलमा आयोजक मोना क्युस्यु र जापानिज भलिबल टिम दोप्पीओ कम्पनी बीच भएको खेलमा सोझो सेटले दोप्पीओ कम्पनीको टिमले जित हात पारेको थियो । पुरुष भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः १२०,००० येन र ६६,६६६ येन प्राप्त गरेका थिए । साथै यस वर्ष तृतिय हुने टिमलाई पनि पुरस्कारको व्यवस्था गरीएको थियो । उक्त पुरस्कार एभरेष्ट भलिबल कल्बलाई सोझो सेटमा पराजीत गर्दै घुम्टे युवा परीवारले ३३,३३३ येन हात पारेको थियो । प्रतियोगीतामा विभीन्न विधामा ट्रफि, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका थिए । पुरुष भलिबल वेस्ट प्लेयरमा मोनाका सुरज सिँह ठकुरी, वेस्ट सेटर दोप्पीओ कम्पनीका तोखावा ताइयो, बेस्ट बल्करमा दोप्पीओ कम्पनीका साखाइ रिउकी, बेस्ट कोचमा दोप्पीओ कम्पनीका बाबा युउसुके र वेस्ट स्पाइकरमा घुम्टे युवा परीवारका सुरेश थिङ्ग भएका थिए ।


सम्पुर्ण खेलाडीहरुको एक दिने बिमा गर्न सहयोग गर्नुहुने एनआरएनए क्युस्यु लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन सहित प्रशंसा पत्रले सम्मान गरिने जानकारी मोना क्युस्युका संयोजक दिपक बिकले बताउनु भयो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानका अध्यक्ष बिसाल केसी, बिशीष्ठ अतिथीमा फुकुओका वाणिज्य दूतावासका सचिब दीपक देवकोटा, म्याग्दी जिल्लामा जन्म भै महिला भलिबलमा क्षेत्रिय खेलाडी र हाल जापानमा बसोबास गर्ने सस्मी पुन, प्रतियोगीता प्रायोजक नाङ्लो घर फुकुओकाका संचालक रमेश कुँवर, क्योदाइ रेमिटान्स हाकाता प्रमुख रामकृष्ण श्रेष्ठ, फुकुओका नेपाल सोसाइटीका अध्यक्ष इन्द्र प्रसाद घले लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मोना क्युस्यु स्थापना काल देखीनै देशमा होस या परदेशमा परी आएका समस्यामा म्याग्देली र गैर म्याग्देलीमा केही भेदभाव नगरी विभीन्न सामाजीक कार्यमा अग्रसर रहेको छ । यस पटक गर्न लागीएको भलिबल प्रतियोगीताबाट भएको फाइदाको केहि प्रतिशत खर्च गरी म्याग्दीको स्थानिय निकायसँगको सहकार्यमा म्याग्दी जिल्लामा स्वास्थ्य शिवीर संचालन गर्ने योजना रहेको कुरा संयोजक बिकले बताउनु भयो ।

, , , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *