epassport


फुकुओका
फेबु्रअरी २८

नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको कुरा सबैमा जानकारी नै छ । उक्त अवसरमा २०२३ अप्रिल १ र २ तारिक क्युस्यूमा बसोबास गर्ने नेपालीहरुलाई समेट्ने गरी आयोजना हुन लागेको घुम्ती सेवाको तयारीमा फुकुओका वाणिज्य दुतावास, गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमिति लगायत क्युस्युमा अवस्थित सम्पूर्ण संघ संस्थाहरू कार्यक्रमलाई भव्य रूपमा सम्पन्न पारी सके सम्म धेरैलाई सेवा दिनको लागि तिब्र तयारीमा जुटिरहेको छ ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सफल पारी कही कतै पनि कुनै पनि नेपालीलाई दुःख नहोस भनेर फेबु्रअरी १८ तारीकका दिन वाणिज्य दुतावासका सचिव दिपक देवकोटा ज्युले घुम्ती सेवाबाट प्रदान गरीने सेवाहरु, राहदानी नवीकरण वा नयाँ प्रकियाका लागी फर्म भर्ने तरीकाहरुका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । उक्त सुचनामुलक भिडियोले धेरै भन्दा धेरै मानिसमा सेवा लिन सहज बनाउने छ भन्ने आशा सहित यसै समचारसँग राखेका छौ ।

पासपोर्टको फर्म भर्ने तरीका कम्प्युटरबाट

मोबाईल एपबाट पासपोर्टको फर्म भने तरिका र फोटोको साईज घटाउने तरिका

Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *