जापान
जुलाई ९
कुमामोतो नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा बद्री सापकोटा, महिला उपाध्यक्षमा रूपा नेपाली, सचिवमा सुजन कटुवाल, सहसचिवमा कपिल तिमल्सिना र बिक्रम बी.के., कोषाध्यक्षमा सन्तोष अधिकारी, सह–कोषाध्यक्षमा कैलाश बुढाथोकी र युवा संयोजकमा मदन गुरुङ चयन भएका छन् भने सदस्यहरुमा प्रकाश शर्मा, कृष्ण पंगेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, बिनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र थापा, सरोज अधिकारी, विजय कुमार साह, प्रकाश अधिकारी र सुदीप आचार्य रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका आईसीसी सदस्य छत्र दाहालले नेपाली संस्कृति र परम्पराको माध्यमबाट विदेशमा नेपाल चिनाउँदै, नेपालीहरूका दुःखसुखमा सँगै रहने संस्कारले समाज छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको बताए। “बिगतका दिनमा प्रवासमा समाज तथा संगठन निर्माण गर्न धेरै संघर्ष गर्नुपर्थ्यो। आज यति ठूलो सहभागिता सहित कार्यक्रम सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो। यसलाई अझ व्यवस्थित र मर्यादित बनाउन, समाजको वृद्धिका लागि संस्थागत तथा व्यक्तिगत रूपमा सधैं सहयोग गर्न तत्पर छौं,” उनले भने।
नयाँ कार्यसमिति चयनका लागि समाजका सल्लाहकार सुरेन्द्र डंगोलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिमा कुमामोतो नेपाली समाजका संस्थापक संरक्षक डा. हरि देवकोटा र पूर्वअध्यक्ष पवन अधिकारी सदस्य रहेका थिए।
कुमामोतो नेपाली समाज, जापानले यहाँ आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
